दफा ४९
जफत गर्नुपर्ने मालवस्तु
यस ऐन बमोजिम कुनै मालवस्तु जफत हुने निर्णय भएमा त्यस्ता मालवस्तुसँग सम्बन्धित देहायका मालवस्तु समेत जफत हुनेछन्‌:-

(क) मालवस्तु प्याक गर्न वा ढुवानी गर्न प्रयोग भएका पार्सल, प्याकेट वा आधानपात्रहरु (कन्टेनर्स),

(ख) मालवस्तु ढुवानी गर्न प्रयोग गरिएका रेल, हवाइजहाज बाहेक रिक्सा, टाँगा, जनावर लगायत सबै किसिमका सवारी साधनहरु,

(ग) खण्ड (ख) बमोजिमका सवारी साधनमा राखेका कपडा, फर्निचर, विद्युतीय सामान र अरु सामग्रीहरु ।